साताको अन्तिम दिन नेप्से घटेर बन्द



काठमाडौं, (नेस)।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से ३. दशमलव २९ अंकले घटेर ११६६ दशमलव २१ बिन्दुमा झरेको हो।

कुल १७० वटा कम्पनीको १६ लाख ६० हजारभन्दा बढी कित्ता शेयर ५३ करोड २२ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको दिन कारोबारमा आएका १२ समूहमध्ये तीन समूहबाहेक सबैको सूचक ओरालो लागेको छ।

बिहीबार जलविद्युत् समूह २ दशमलव २४ अंक, उत्पादन समूह ४१ दशमलव २२ अंक र लघुवित्त समूह १५ दशमलव ५६ अंकले बढेको छ। तर, बैंकिङ समूह २ दशमलव २ अंक, व्यापार समूह ३ दशमलव ९५ अंक, होटल समूह ७१ द्यशमलव ९९ अंक, विकास बैंक समूह १ दशमलव १९ अंक, फाइनान्स समूह १ दशमलव १३ अंक, निर्जीवन बीमा समूह १६ दशमलव २२ अंक, अन्य समूह ११ दशमलव ९७ अंक, जीवन बीमा समूह ४८ दशमलव ८४ अंक र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य २ अंकले घटेका छन्।

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १० अंकले घटेर २५२ दशलव १८ समूहमा रोकिएको छ। बिहीबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको शेयर ९ करोड २१ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

समग्र परिसूचक घटेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने ८ दशमलव ३३ प्रतिशतले कमाएका छन्।तर, जलविद्युत् लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतले गुमाए।

 

प्रतिक्रिया दिनुहोस्