एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा कामतीले जिते १० लाख



एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद १० लाख रुपियाँ सडक दुर्घटनामा परी हाल उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले जितेका छन्। यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार कामतीले जितेका हुन्।

कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई रु १० लाखको चेक हस्तान्तरण गरेका थिए। कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ।

यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन्। अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरी किशोर कामतीले बताए।

यो योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख जितेका छन्। ती ३० जनामध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरी सकेका छन् र २१ जना ग्राहकहरू प्रमाणिकरण प्रक्रियामा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्