फेरि पेट्रोल र डिजेलको मूल्य बढ्यो



काठमाडौं, (नेस) ।

नेपाल आयल निगमले बुधबार मध्य रातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपियाँ बढाएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य अब काठमाडौंमा प्रतिलिटर १११ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर सय रुपियाँ भएको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्