गृनेपाल समाचारपत्र, काठमाडौं।
ह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन आग्रह गरेको छ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी नदिने उद्योगीलाई तत्काल सम्पर्कमा ल्याउन सहयोग गर्न पत्राचार गरेको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो।
गृहले अन्नपूर्ण सुगर इन्ड्रस्ट्रिज र इन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गराइदिन प्रहरीलाई पत्राचार गरेको हो।
उद्योगीहरूले उखु खरिद गरेको भुक्तानी नदिएको भन्दै किसानहरू काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन गरिरहेका छन्।
पत्रमा उखुको भुक्तानी के कति लिनु दिनु बाँकी छ भन्ने विषयमा समेत छलफल गर्नुपर्ने भएकाले उपस्थित गराइदिन भनिएको छ।











प्रतिक्रिया