सिद्धार्थ इन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवाको शुभारम्भ



सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवा शुभारम्भ गरेको छ। गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा घुम्ती बीमा सेवा शुभारम्भ भएको हो।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले घुम्ती बीमाको माध्यमबाट सहज रूपमा बीमा सेवा प्राप्त हुने भएकोले यसवाट अत्याधिक लाभको लागि आग्रह स्थानीयलाई आग्रह गर्नुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्देश्य, महत्व र यसबाट हुने फाइदाहरूको सम्वन्धमा प्रकाश पार्दै घुम्ती सेवा मार्फत घर दैलोवाटै बीमा सेवा लिन आग्रह गर्नुभयो। समारोह स्थलबाटै केही बीमा लेख समेत जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्