एनसीसी बैंकको रंगेली शाखा सञ्चालनमा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले मोरङको रंगेलीमा आफ्नो १ सय २१ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। मंगलबार एक समारोहका बीच बैंकले रंगेली नगरपालिका वडा नम्बर ७ रंगेलीमा शाखा शुभारम्भ गरेको हो।

रंगेली र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरू सरल तथा सुलभ रूपमा प्रदान हुने बैंकले जनाएको छ।