नेपाल समाचारपत्र, काठमाडौं।
नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आफ्नो वेबसाइटमा नेपाल भ्रमण वर्षको आधिकारिक लोगो राख्न निर्देशन दिएको छ।
सरकाले घोषणा गरेको नेपाल भ्रमण वर्ष ‘२०२०’ अभियानलाई सफल पार्न भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वेबसाइट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष, २०२० को लोगो तथा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको वेबसाइटको लिंक राख्न मंगलबार निर्देशन दिएको हो।
त्यस्तै पर्यटनको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२०को सचिवालयसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत पर्यटकलाई सहज हुने किसिमका शौचालय, डस्टबिन, पिउने पानी तथा विश्रामस्थलजस्ता पूर्वाधार बनाउने कार्यमा सहभागिता जनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
बुधबारबाट औपचारिक रूपमा शुरू हुन लागेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्त्र्याउने लक्ष्य राखिएको छ।
भ्रमण वर्षमा रसुवा पानीको ‘निशुल्क पानी’
रुद्र गंगा नेचुरलद्वारा उत्पादित रसुवा ब्रान्डको पानी नेपाल भ्रमण बर्षका सबै कार्यक्रममा निःशुल्क वितरण गरिने भएको छ।
नेपाल भ्रमण वर्ष सचिवालयका सचीव पर्शुनारायण श्रेष्ठ र कम्पनीका अध्यक्ष गणेश बहादुर भण्डारीबीच नेपाल भ्रमण बर्षका सबै कार्यक्रममा रसुवा पानीले निःशुल्क पानी वितरण गर्ने सम्झौता भएको हो।
बुधबार दशरथ रंगशालाको कार्यक्रममा ५ सय मिलिमिटरको करिब दश हजार बोतल पानी वितरण गर्न लागिएको भण्डारीले जानकारी दिनुभयो। नेपाल भ्रमण बर्षको उद्घाटन कार्यक्रममा आउने दर्शक अतिथि सबैलाई निःशुल्क पानी वितरण गर्न लागिएको हो।











प्रतिक्रिया