काठमाडौं (नेस)।
मुक्तिनाथ विकास बैंक लिमिटेड र टेस्ला डाएग्नोस्टिक क्लिनिकबीच छुट सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठले हस्ताक्षर गर्नुभयो।
सम्झौता पत्रअनुसार बैंकका ग्राहकहरूलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने छ। यस सम्झौता पश्चात बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकलाई क्लिनिका उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।











प्रतिक्रिया