हिमालयन बैंकको विस्तारित काउन्टर गंगालाल अस्पतालमा



नेपाल समाचारपत्र, काठमाडौं।

हिमालयन बैंकले सहिद गंगालाल हृदय रोग केन्द्रमा विस्तारित काउन्टर सुविधा शुरू गरेको छ।बैंकले शुक्रबारदेखि काठमाडौंको बाँसबारीस्थित सो अस्पतालमा आफ्नो विस्तारित काउन्टर सुविधा शुरू गरेको हो।

सो विस्तारित काउन्टरको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बीच संयुक्त रुपमा गर्नुभएको थियो।

उक्त समारोहमा महाराजगंज शाखाका प्रमुख अभयबहादुर शाह, बैंकका तथा अस्पातालका कार्मचारीको उपस्थिति रहेको थियो। उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्