सिटिजन्स बैंकद्वारा १८ नम्बर बाहिनीमा एटीएम सञ्चालनमा



काठमाडौं (नेस)।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाटस्थित १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटीएम सेवा शुभारम्भ गरेको छ ।

बाहिनीका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले उक्त एटीएम सेवाको उद्घाटन गर्नुभएको हो ।

उक्त एटीएम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्