‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ को उपाधि ‘सीइएलइएटीआईएल’लाई 



काठमाडौं, (नेस)।
सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’ को उपाधि ‘सीइएलइएटीअँईएल’ टिमले हात पारेको छ । उत्कृष्ट १० प्रतिस्पर्धी समूहलाई पछि पार्दै ‘सीइएलइएटीअँईएल’ले ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’को उपाधि रच्न सफल भएको हो ।
 प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका १० प्रतियोगी समूहमध्येबाट  ‘सीइएलइएटीअँईएल’ टिमले जितेको हो ।काठमाडौंमा शनिबार सम्पन्न भएको कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न के पप गीतमा आफ्नो डान्स प्रस्तुत गरेका थिए ।

त्यसरी आफ्नो डान्स प्रस्तुत गर्नेहरू मध्येबाट प्रतिस्पर्धाका लागि निर्धारित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको हो ।प्रतियोगितामा ३ एपीएम समूह दोस्रो हुन सफल भएको छ भने क्रेडो इन क्रिउ समूह तेस्रो भएको छ । विजेतामध्ये प्रथम हुने टिमले चार सेट सामसङ ए ८० फोन, द्वितीय हुनेले सामसङ ए ५० एस र तृतीय हुनेले सामसङ ए ३० ए फोन सेट प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्