सुनको भाउ स्थिर



काठमाडौं, (नेस)।

नेपाली बजारमा बिहीबार छापावाल सुन प्रतितोला ७२ हजार ८ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।

यसैगरी, बिहीबार तेजावी सुन प्रतितोला ७२ हजार ५ सय रुपियाँमा कारोबार भएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ८ सय ९० रुपियाँमा कारोबार भएको छ। बुधबार भने चाँदी ८ सय ८५ रुपियाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्