हिमालयन बैंकको शाखा लहानमा



काठमाडौं, (नेस)।

हिमालयन बैंकले लहान नगरपालिका—१, लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गर्नुभयो।

सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंकले अत्याधुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरूलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले उद्योग तथा व्यावसायिक लगानीका लागि बारा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्