सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा थप



काठमाडौं, (नेस)।

सन्राइज बैंकले नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ सेवाको शुरूवात गरेको छ।बफर जोन युुजर कमिटीको अध्यक्ष दोमन भण्डारी र कुमारवर्ती विद्यालय प्रधानाध्यापक दर्शनराज अमात्यले संयुक्तरूपमा एक समारोहका बीच मदनपुरमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नुभयो।

सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेमप्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक बिद्यालयको प्रधानअध्यापक हरिप्रसाद न्यौपानेले संयुक्तरुपमा पिथौलीमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नुभयो।

हालसम्म सन््राइज बैंकले १२८ वटा शाखा,४२ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४७ वटा एटीएममार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्