सेतीखोला जलविद्युत् आयोजनाको ठेक्का सम्झौता



बुटवल, (नेस)।

बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभीबीच काठमाडांैमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो।२५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता गरिएको छ।

भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर गर्नु भएको छ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा दिइएको जानकारीअनुसार रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का १ अर्ब २० करोडमा लिएको छ। निर्माण कम्पनी सम्झौतामा २७ महिनाको समय सीमा दिइएको भए पनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

करिब पाह्च अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच विद्युत् खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपियाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपियाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ।

कास्कीको माछापुच्छ«े गाउह्पालिकाको भराभुरीमा आयोजना निर्माण हुनेछ। आयोजनामा स्थानीयबासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ।

एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको छ।

प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्तिले मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरूले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्