एनआईसी एसिया बैंकको शाखा सानेपामा खुल्यो



काठमाडौं, (नेस)।

एनआईसी एसिया बैंकले ललितपुरको सानेपामा नयाँशाखा कार्यालय सञ्चालनमा ल्याएको छ।उक्त शाखा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालय, ४०५ एटीएम, ९६ वटा एक्स्टेन्सन काउन्टर एवम् ४४ वटा शाखारहित बैंकिङमार्फत् करिब २० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपियाँभन्दा बढी राजस्वसरकारलाई भुक्तानी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्