नेपाल बंगलादेश बैंकको लाभांश पारित



नेपाल बंगलादेश बैंकको २५औं बार्षिक साधारण सभा गते सम्पन्न भएको छ। उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) दिने प्रस्ताव स्वीकृत गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसँग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाको संशोधन पनि स्वीकृत गरेको छ।

समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले बृद्धि भई ५९.७६ अर्ब पुगेको छ भने कुल कर्जा २९.१६ प्रतिशतले बृद्धि भई ५५.७२ अर्ब पुगेको छ। बैंकको वासलातको आकार २४.२४ प्रतिशतले बृद्धि भई ७६.२५ अर्ब पुगेको छ।

प्रतिक्रिया दिनुहोस्