बिहीबार पनि घट्यो शेयर बजार



नेपाल समाचारपत्र, काठमाडौं।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ। नेप्से बिहीबार २ दशमलव ४२ अंकले घट्दा परिसूचक ११४९ दशमलव ६४ बिन्दुमा झरेको छ।

आइतबार ४ दशमलव ७८ अंक र सोमबार १३ दशमलव ७५ अंकले घटेको नेप्से मंगलबार १ दशमलव २६ अंकले वृद्धि भएको थियो। तर, बुधबार ३ दशमलव ३० अंकले घटेको थियो।

बिहीबार कुल १७२ वटा कम्पनीको १२ लाख ८६ हजार कित्ता शेयर करिब ४१ करोड ९० लाख रुपियाँमा कारोबार भएको छ। यस दिन परिसूचक घटे पनि कारोबार रकम र शेयर संख्या भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यसदिन कारोबारमा आएका समूहमध्ये व्यापार, होटल, हाइड्रोपावर, वित्त, उत्पादन र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह घटेका छन्।

बिहीबार एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात १२ करोड ३१ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। यस दिन नेपाल फाइनन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्