शेयर संसारको शेयर खेलाडी सफ्टवेयर



नेपाल समाचारपत्र, काठमाडौं।

विगत ९ वर्षदेखि नेपाली शेयर बजारसम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको तथा पोर्टफोलियो सफ्टवेयर, शेयर तालिम र एसएस प्रो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयर संसार डटकमले शेयर खेलाडी सफ्टवेयर सार्वजनिक गरेको छ।

अघिल्लो उत्पादन एसएस प्रोको उल्लेखनीय सफलतापछि शेयर संसार डटकमले शेयर बजारमा एक वेब आधारित सफ्टवेयर शेयर खेलाडी लाई शेयर बजारको खेल मैदानमा प्रवेश गर्ने तयारी गरेको छ।

यस वेब आधारित गेमिङ प्रणालीको प्रयोगले नेपाल स्टक एक्स्चेन्जबाट लगानीकर्तालाई वास्तविक समय सापेक्ष कारोबारको डाटा प्रदान गर्दछ। लगानीकर्ताले शेयर खेलाडीमार्फत भर्चुअल पैसाको साथ शेयर कारोबारको अभ्यास गर्न सक्ने कम्पनीको भनाइ छ।

यस सफ्टवेयरमा विभिन्न इभेन्ट सञ्चालन गर्न सकिन्छ साथै तेस्रो पक्षले पनि यसमा विभिन्न इभेन्ट आयोजना गर्न सक्छन्। कार्यक्रममा भाग लिन इच्छुक लगानीकर्ताले शेयर संसार डटकममा प्रवेश गरी, खाता सिर्जना गर्ने पर्दछ।

प्रारम्भमा १० लाख रुपियाँ लगानीकर्तालाई उपलब्ध हुनेछ। लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जमा कारोबार गरेको जस्तै गरी आदेश प्रविष्ट गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्