महासंघ उपाध्यक्षमा सुमार्गीको दाबी



हेटौंडा, (नेस)।

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको बेला अरूणराज सुमार्गीले महासंघ उपाध्यक्षमा आफ्नो दाबी रहने बताउनुभएको छ। यसपटक महासंघको जिल्ला, नगर उपाध्यक्षमा उहाँ दाबी रहने बताउनुभएको हो।

जिल्ला/नगर उपाध्यक्षले पुलको भूमिका निर्वाह गर्ने भन्दै उहाँले जिल्ला÷नगरलाई केन्द्रसँग जोड्ने, समस्या पर्दा राज्यसँग छलफल गर्ने, राज्यले दिने सहुलियतलाई जिल्ला÷नगरसम्म पुर्याउने आदिमा ध्यान दिइने प्रतिवद्धता जनाउनुभयो।

हरेक जिल्लामा ४०÷५० वर्षको इतिहास बोकेको संगठन रहेको, स्थानीय सरकार नै नभएका बेलासमेत राज्यले स्थानीय उद्योग वाणिज्य संघलाई पत्याएको विगत रहेको स्मरण गर्दै उहाँले त्यसकारण जिल्ला÷नगर संगठनको आफ्नै गरिमा रहेको र भौतिकरुपमा देखिने भनेकै जिल्ला÷नगर रहेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्