होन्डा ह्विल अफ फर्चुन–३ का विजेता घोषित



होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होन्डा ह्विल अफ फर्चुन ३’ का विजेता घोषणा गरेको छ।

सोमबार लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताले ह्विल अफ फर्चुनलाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन्।

बम्परमा सोही लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई ह्विल अफ फर्चुनलाई घुमाएर सालिकराम अधिकारीले ४ लाख, आयुष महर्जनले ३ लाख, गंगा गुरुङले २ लाख, तथा सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले १ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै मोरङका तोयानाथ गौतम र धनगढीका जयेन्द्र खड्काले कल एन्ड विन कन्टेस्टअन्तर्गत निःशुल्क थाइल्यान्ड भ्रमण जाने भएका छन्।

होन्डा कारअन्तर्गत महेन्द्र श्रेष्ठ, ऋषि पाण्डे, कृष्णमुरारी पुडासैनी, मेघा मेटल क्राफ्ट, भरत श्रेष्ठलगायत अन्य ५ जनाले लक्की ड्र मार्फत निःशुल्क दुबई भ्रमण जान पाउनुहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्