निगमले मस्ट पपुलर एयरलाइन्स अवार्ड



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल वायुसेवा निगमले मस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९ प्राप्त गरेको छ। एयरलाइन्स क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसनका तर्फबाट संस्थापक अध्यक्ष टीपी एस ग्रोभरले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई प्रदान गर्नुभयो।

विमान कम्पनीहरूको मूल्यांकन, परीक्षण, टिप्पणी आदी गर्ने पर्यटन पत्रकार एवं ब्लगर्सहरूको उक्त अन्तर्राष्ट्रिय संस्थाले आफ्नो अध्ययनको आधारमा उक्त सम्मान प्रदान गरेको हो।

यसैगरी नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई उच्चस्तरीय सेवा, टीम व्यवस्थापनद्वारा उड्डयन क्षेत्रमा उल्लेखनीय नेतृत्व प्रदान गरे वापत एयर लाइन्स सीईओ अफ दि एयर बाट सम्मानित गरिएको छ।

अन्तर्राष्ट्रिय उडानको गुणस्तरीयताको मूल्यांकनको आधारमा प्रदान गरिने मष्ट पपुलर एयरलाइन्स अवार्ड यसअघि फिनल्यान्डको ध्वजावाहक फिनिस एयरलाइन्स र बैंककको थाई एयरले पनि प्राप्त गरेको थियो।

कार्यकारी अध्यक्ष मदन खरेलले सम्मान प्राप्त गर्न सकेकोमा गौरवको अनुभव भएको छ भन्नुहुँदै हाम्रो सेवाले गन्तव्यमा विश्वास बढाएको छ र यात्रु संख्या बढाउन सफलता पाएको छ भन्नुभयो।

समारोहमा अवार्डबारे जानकारी गराउँदै संस्थाका अध्यक्ष टीपीएस ग्रोभरले कुनै पनि विमान कम्पनीको उड्डयनसँग सम्बन्धित आधारभूत सेवाका साथै यात्रु सन्तुष्टिको मूल्यांकनको आधारमा पाउने सम्मान नेपाल वायुसेवालाई प्रदान गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्