हुवावेका सात उत्पादन सार्वजनिक



हुवावे नेपालले सात वटा नयाँउत्पादन सार्वजनिक गरेको छ। ह्ुवावेको इन्टेलिजन्ट इकोसिस्टम (हुवावे मोबाइल सर्भिसेस (एचएमएस) युक्त हुवावेको पछिल्लो फ्ल्यागसिप हुवावे मेट ३० प्रो, वाइनाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स थ्री तथा फ्रिल्यान्सजस्ता वेयरेबल सार्वजनिक गरिएको हो।

हुवावेका प्रविधिहरू हुवावे मोबाइल सर्भिस, हुवावे डिभाइसेस, फाइभजी नेटवर्क तथा एआईजडित एप प्रयोग गरी उपकरणलाई बिनाकुनै समस्या कनेक्ट हुनका सो खुलाइको सिस्टमले सम्भव तुल्याउने कम्पनीको भनाइ छ।

हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगले हुवावे ग्लोबल र हुवावे नेपालले स्थानीयबजारमा गरेको प्रदर्शनकाबारेमा कर्पोरेट प्रिजेन्टेसन प्रस्तुत गरेका थिए। हुवावेले आईसिटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्