नाडाको नयाँ नेतृत्व निर्विरोध



काठमाडौं, (नेस)।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्ण दुलाल निर्विरोधले चयन हुनु भएको छ। आइतबार उम्मेदवारी दर्ता गर्ने समय सीमाभित्र अर्को व्यक्तिको उम्मेदवारी नपरेपछि दुलाल निर्विरोध हुनु भएको हो।

आगामी पुस ४ गते हुने नाडाको साधारण सभामा चयन हुने नयाँकार्यसमितिका अन्य पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन्। नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था छ।

कार्यसमितिका सदस्यहरूमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंहानिया, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, अभीक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन्।

त्यस्तै जिल्ला सदस्यहरू ध्रुवबहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र ऋषि कुमार ढकाल पनि निर्विरोध चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्