अग्नि ग्रुपको चन्द्रनिगाहपुरमा सोरुम



अग्नि ग्रुपले रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनको नयाँथ्रीएस सेटअपसहितको सोरुम स्थापना गरेको छ। कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक सोरुम हो।

नयाँसोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, रौतहट क्षेत्र नं ४ संघीय सांसद देवप्रकाश तिमिल्सिनालगायतको उपस्थितिमा र उद्घाटन गर्नुभयो।

थ्री एस सेटअपअन्तर्गत महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस्