टाटा मोटर्सको शोरुममा विन्टर ब्लेसिङ



टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले जाडोयामको अवसरमा विन्टर ब्लेसिङ कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित शोरुममा मंसिर २७ गतदेखि शुरु भई मंसिर २९ गते आइतवारसम्म सञ्चालन हुनेछ।

उक्त अवसरमा ग्राहकले टाटा मोटर्सका नयँँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एच फाइभ, नेक्सन, टियागो, टिगोर, एनआरजी लगायतका गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। साथै जुनसुकै ब्रान्डका गाडी एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ।

उक्त कार्यक्रममा नगद छुट, डोर प्राइज, गाडी सजावटका सामान, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्यक गाडीको मुल्यांकनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकटलगायतका विशेष आकर्षण रहेका छन।

 

प्रतिक्रिया दिनुहोस्