लघुवित्तका लगानीकतर्फ कमाउँदा शेयर बजारमा दोहोरो अंकको वृद्धि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सेयर बजारमा पछिल्लो एक सातादेखि चमक देखिएको छ। विगतमा निरन्तर घटेको बजार एक सातादेखि वृद्धि हुँदै आएको छ। निरन्तर शेयर बजारमा हरियाली आएपछि लगानीकर्ताहरू उत्साही भएका छन्।

आइतबार सामान्य अंकले सुधारमा आएको शेयर बजार सोमबार दोहोरो अंकले बढेको थियो। मंगलबार सामान्य अंकमा बढेर बुधबार पुनः दोहोरो अंकले बढेपछि लगानीकर्तामा उल्लास छाएको छ।

बुधबार नेप्से परिसूचक १० दशमलव ११ अंकले बढ्दै ११६१ दशमलव ४७ अंकमा पुगेर रोकिएको छ। यस दिन सेन्सेटिभ परिसूचक पनि बढेको छ। १ दशमलव ६९ अंकले बढेर सेन्सेटिभ परिसूचक २५५ दशमलव १९ अंकमा पुगेको छ।

आइतबार नेप्स परिसूचक ३ दशमलव ४५ अंकले बढेर ११३५ दशमलव ३७ अंकमा पुगेर रोकिएको थियो। सोमबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढ्दै ११४८ दशमलव ८९ अंकमा पुगेर रोकियो। यसैगरी मंगलबार नेप्से ३ दशमलव ७५ अंकले बढेर परिसूचक १११५ दशमलव ७४ बिन्दुमा पुगेको थियो।

बुधबार १ सय ७३ कम्पनीको २० लाख ४३ हजार ६ सय ५ कित्ता शेयर ५५ करोढ १३ लाख ७७ हजार रुपियाँभन्दा बढी रकममा कारोबार भएको छ।
यस दिन म्यानुफ्याक्चर एन्ड प्रोडक्सन समूहबाहेक अन्य सबै समूहको शेयर कारोबार बढेको छ।

लघुवित्त समूहको शेयर सबैभन्दा बढी कारोबार भएको छ।यस समूहको ३ दशमलव ५४ प्रतिशतले कारोबार बढेको नेप्सेले जनाएको छ।यस्तै निर्जीवन बीमा समूहले पनि २ दशमलव ६६ प्रतिशतले कारोबारमा वृद्धि गरेको छ।

यस दिन कारोबारका आधारमा नेपाल बंगलादेश बैंकको संस्थापक शेयरले सबैभन्दा बढी कारोबार गरेको छ। यस कम्पनीको ६ करोड ४१ लाख ६१ हजार रुपियाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ।

यस्तै नेपाल बैंक लिमिटेड कारोबारको आधारमा दोस्रो स्थानमा रहेको छ।यस दिन नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले सबैभन्दा बढी नाफा आर्जन गरेका छन्।

यस संस्थाले ९ दशमलव ९८ प्रतिशतले नाफामा वृद्धि गरेको छ। यसदिन सबैभन्दा धेरै गुमाउने संस्था युनिलिभर नेपाल लिमिटेड रहेको छ। यसले ३ दशमलव ९६ प्रतिशतको घाटा व्यहोरेको छ।