धितोपत्र बोर्डमा ८ जनाको दाबी



नेपाल समाचारपत्र, काठमाडौं।

पँुजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आठ जनाले आवेदन दिएका छन्। राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भिष्म ढुंगाना, बोर्डका पूर्वविज्ञ सदस्य निलबहादुर सारु मगर, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डका उपनिर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वमहाप्रबन्धक सीताराम थपलिया, कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापति र अन्य दुईजनाले आवेदन दिएको बताइएको छ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीका असोज मसान्तमा चार वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त अवस्थामा छ।
बोर्डका अध्यक्ष कार्कीको कार्यकाल समाप्त भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० मा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्