सुनको भाउ ८ सय रुपियाँले बढ्यो



काठमाडौं, (नेस)।

बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७२ हजार २ सय रुपियाँमा कारोबार भएको छ। मंगलबार सुनको मूल्य ७१ हजार ४ सय रुपियाँ कायम भएको थियो। मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्यमा ८ सय रुपियाँले वृद्धि भएको हो।

यसैगरी बुधबार तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रूपियाँमा कारोबार भएको छ। बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपियाँले बढेको छ।

बुधबार चाँदी प्रतितोला ८ सय ६५ रुपियाँमा कारोबार भएको छ। मंगलबार चाँदी ८ सय ५० रुपियाँ कारोबार भएको थियो। मंसिर ५ गतेपछि ७२ हजार रुपियाँबाट ओरालो लागेको सुन बुधबार ७२ हजारभन्दा माथि उक्लिएको हो।

प्रतिक्रिया दिनुहोस्