सागका खेलाडीलाई टेलिकमको निःशुल्क फोरजी सिम



नेपाल टेलिकम दक्षिण एसियाका सात मुलुकले भाग लिने १३औं दक्षिण एसियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ। कम्पनीले १३औं दक्षिण एसियाली खेलकुुद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ।

काठमाडौ, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ।

सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवा सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको छ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीहरूको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ।

यसका लागि ११६६ सट कोड मार्फत कल गरेर यो सेवा लिन सकिने छ। कम्पनीले खेलस्थलहरूमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबद्र्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्