नेपाली बजारमा एटलासकोप्कोका निर्माण उपकरण 



नेपाल कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसन (एनसीईसी) ले नेपालमा एटलासकोप्को ब्रान्डका निर्माण उपकरण बिक्री गर्दै आएको छ। कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरी आफ्ना उत्पादनका बारेमा जानकारी दिएको छ।
एनसीईसीका सीईओ सिद्धार्थमणि भण्डारीले विकास निर्माणका लागि प्रयोग हुने औजार कम्पनीले आधा शताब्दीदेखि उत्पादन गर्दै आएकोे जानकारी दिँदै यसका विशेषता बारेमा बताउनु भएको थियो।
हाइड्रोपावर, रोडरब्रिज कन्स्ट्रक्सन, अप्टिकल फाइबर, इत्यादि क्षेत्रमा एट्लासकोकोले विभिन्न क्षमताका कम्प्रेसर, लाइट टावर, रक ड्रिल, ब्रेकर आदि उपकरणको प्रयोग हुँदै आएको भण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्