तिब्बती व्यापार मेला शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल र तिब्बतबीच बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि काठमाडौंमा तिब्बती व्यापार मेला शुरू भएको छ। तिब्बत बोर्डर ट्रेड चेम्बर र वाणिज्य मन्त्रालय चाइनाको ट्रेड डेभलपमेन्ट ब्युरोको संयुक्त आयोजना र नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा शुरु भएको हो।

तीनवर्ष पहिले भृकुटीमण्डपमाबाट शुरु भएको मेला बीचमा हुन सकेको थिएन। नेपाल पर्यटन वर्षको प्रचारप्रसारसँगै नेपाल र तिब्बतबीचमा व्यापारिक सम्बन्ध बढाउने उद्देश्यका साथ आयोजना गरिएको नेपाल–चीन उद्योग बाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले जानकारी दिनुभयो।

तिब्बतमा उत्पादित समान साइकल, फ्रेस पेपर, कपडा, हाते ब्याग, मोबाइल, जुत्ता, पिउने पानी, खादा, चाउचाउ, मालालगायत समान ५० स्टलमा रहेका छन्। व्यापार मेला मंसिर १२ गतेसम्म चल्नेछ।

Skip This