मनकामना दर्शन प्रालिले २१औं वार्षिकोत्सव मनायो



काठमाडौं, (नेस)। 
मनकामना दर्शन प्रालिले २१औं वार्षिकोत्सव मनाएको छ। उक्त कार्यक्रममा  कम्पनीका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा कर्मचारीबीच खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। त्यस्तै वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको उपहार योजना लक्की ड्र मार्फत घोषणा गरिएको थियो।
उक्त लक्की ड्र मार्फत प्रथम पुरस्कार ४३ इन्चको टेलिभिजन टिकट नम्बर २७६७७२१३१४९, द्वितीय पुरस्कार ३२ इन्च टेलिभिजन टिकट नम्बर १७६७७२३८०३ र तृतीय पुरस्कार सामसुङ स्मार्ट फोन टिकट नम्बर १७६७७२४३७८ का विजेता घोषणा गरियो।
मनकामना केबलकारले हाल वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई चितवनको कुरिनटारबाट गोरखास्थित मनकामना मन्दिर आवतजावत गराउँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्