सन्राइज बैंकको शाखारहित सेवा थप



काठमाडौं, (नेस)।

सन्राइज बैंकले झापाको मेचीनगर नगरपालिका–२, मा ३९औं शाखारहित बैंकिङ सेवाको शुरूवात गरेको छ।

ज्येष्ठ नागरिक सेवा समितिको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पूर्णबहादुर थापाले मेचीनगरमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नुभयो।

हालसम्म सन््राइज बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४५ वटा एटीएममार्फत ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्