एभरेष्ट बैंकद्वार सहयोग



नेपाल समाचारपत्र, काठमाडौं। 

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ।

यो नयाँ मेसिनले मिर्गौला बिरामीलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउने बैकको विश्वस छ।

मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेष्ट बैंकका डीजीएम श्री राजिव जैनले सो मेसिन हस्तान्तरण गरेका हुन्।

सो मेसिन भारतीय दुतावास कोलोनियल ए. च्याम्बिएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यलयका अन्य विभिन्न अधिकारीहरूको उपस्थीतिमा एलटी. जेन. सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्