प्रभु बैंकको एक्सटेन्सन काउन्टर थपियो



नेपाल समाचारपत्र, काठमाडौं। 

प्रभु बैंकले विराटनगर उपमहानगरपालिकास्थित मोरङ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

मोरङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले उद्घाट्न गर्नुभएको हो।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीले अब बिना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन्।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्