एनसेलको नयाँ एनसेल सेन्टर नेपालगन्जमा



नेपाल समाचारपत्र, काठमाडौं । 

एनसेल प्रालिले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोक–२ मा बिहीबार नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रममाझ उक्त सेन्टरको उद्घाटन गरेका थिए।

सञ्चालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैंसँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ। यो योजनाअन्तर्गत मंसिर ५ गतेदेखि मंसिर ७ गतेसम्म नेपालगन्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन्।

प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ। यसका साथै मंसिर ७ गतेसम्म उतm सेन्टरबाट कारोबार गर्नु हुने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन्।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्छन्।

त्यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बर र विज प्लानहरू बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पुर्ण ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन्।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्धता अनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ।

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ बजेसम्म यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्