शोधनान्तर स्थिति साढे १४ अर्बले वचत



नेपाल समाचारपत्र, काठमाडौं । 

चालू आर्थिक वर्षको तीन महिनामा चालु खाता घाटा २७ अर्ब १८ करोड रुपियाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८१ अर्ब ७४ करोड रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको तीन महिनासम्ममा ७१ करोड ५० लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा २३ करोड ९९ लाख रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले वचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको तीन महिनासम्ममा ३१ करोड ६२ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १२ करोड ७८ लाखले वचतमा रहेकोछ।

त्यस्तै पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ५४ करोड रुपियाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्