राजधानीको मूल्यवृद्धि उच्च



नेपाल समाचारपत्र, काठमाडौं। 

चालू आर्थिक वर्षको तीन महिनामा अन्यत्रभन्दा काठमाडौंको मूल्यवृद्धि उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो।

काठमाडौं उपत्यकामा मुद्रास्फीति ८.१४ प्रतिशत हुँदा, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत रहेको छ। गत वर्षको असोजमा यी क्षेत्रमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार चालू आवको असोजमा उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६८ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ।गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.६८ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ।

त्यस्तै नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा अक्टोबर महिनाको मुद्रास्फीति ४.६२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.६८ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो।

थोक मुद्रास्फीति छ।२०७६ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१७ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ।

बृहत् आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.९५ प्रतिशत, १.६१ प्रतिशत र २.४६ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य भने २.४१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्