जाडोका लागि सिजीका घरायसी सामग्री बजारमा

0
Shares

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडोलाई लक्षित गरी विभिन्न किसिमका नयाँ घरायसी सामग्री बजारमा ल्याएको छ। जसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्यास गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मस रहेका छन्।

रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगमा ल्याएको छ। जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने गर्दछ।

जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सिजीले तपाईको बजेटलाई ध्यानमा राखि ग्यास तथा इलेक्ट्रिक गरी दुई किसिमका गिजर उपलब्ध गराएको छ।

त्यसैगरी केही समयमानै कुनै झ्नझ्ट बिना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रिक केटल र हटपट रहेका छन्।

Skip This