प्रभु बैंकको ऋणपत्र बाँडफाँड



प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ। बैंकले कात्तिक २१ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजदरमा १० वर्षे ऋणपत्र निष्कासन गरेको थियो।

बैंकले प्रतिऋणपत्र १ हजारमा १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। जसमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि र ६ लाख कित्ता निजी संस्थाका लागि छुट्याएको थियो।

 

प्रतिक्रिया दिनुहोस्