लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड



लक्ष्मी बैंकद्वारा निष्कासित २ अर्ब मूल्यबराबरको १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ।

कुल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९,२०,००४ कित्ता ऋणपत्र बाँडफाँड भएको हो।

लक्ष्मी बैंकले ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टबाट सेवा प्रवाह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्