सन््राइज बैंकको इनरुवामा शाखा बिस्तार



सन्राइज बैंकले देशका इनरुवामा १२४औें शाखा सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो।

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। सोही उद्घाटन कार्यक्रममा जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउँदै लाने जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्