नेपाल बैंकले ऋणपत्र निष्काशन गर्दै



नेपाल बैंकले एनबिएल डिबेन्चर २०८३ निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कुल २५ लाख कित्ता डिबेन्चरमध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ।

२ अर्ब ५० करोडबराबरको डिबेन्चर १० प्रतिशत ब्याजसहित सात वर्षको लागि निश्काशन गर्नेछ। उक्त कार्यको लागि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठका बीचमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्