बढी कर तिर्ने १५ करदाता सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं।

आठौं कर दिवसको अवसरमा बढी कर तिर्ने १५ करदातालाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ। आइतबार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गत आर्थिक वर्ष २०७५÷०७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गर्नुभएको हो।

सिद्धार्थ शमशेर राणा छैठौपटक लगातार धेरै कर तिर्ने करदाता बन्नुभएको छ। गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ। त्यस्तै निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपाल परेको छ।

मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा देखिएको छ।कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन्।

बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वल्र्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर तिरेका छन्।

पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हायात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन्। आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ।

 

प्रतिक्रिया दिनुहोस्