महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प सोमबारदेखि



नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटोवक्र्सले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ आयोजना गरेको छ।

विश्वव्यापी यो कार्यक्रम मंसिर २ गतेदेखि ६ गतेसम्म ५ दिनका लागि नेपाललगायत २५ विभिन्न देशमा आयोजना हुन लागेको छ, जहाँ महिन्द्रा गाडीका दक्ष प्राविधिकले गाडीको ६० जाँच गर्नेछन्।

साथै महिन्द्रा उपभोक्ताले उनीहरूको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागि उच्चस्तरीय सेवा प्राप्त गर्नेछन्। यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरका आफ्ना उपभोक्तालाई उनीहरूको परिवारका साथमा उनीको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्नेछन्।

महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भिसिङ स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजमा १२५ छुट साथै महिन्द्राको पुरानो गाडीजस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि मिलाएको छ। यसका साथै कम्पनीले ग्राहकलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्