सहकारीको सन्दर्भ ब्याजदर कार्यान्वयन हुने दाबी



काठमाडौं, (नेस) ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारीको ब्याजदर कार्यान्वयन गर्नबाट सरकारपछि नहट्ने बताउनुभएको छ। ‘सहकारी सन्दर्भ ब्याजदर कार्यान्वयनको अवस्था’ विषयक अन्तर्कृया कार्यक्रमम बोल्दै सचिव गौतमले ब्याजदर कार्यान्वयन गरेरै छाड्ने स्पष्ट पार्नुभयो।

‘तत्काल सन्दर्भ ब्याजदर पुनरवलोकन गर्ने कुनै गुन्जायस छैन’ उहाँले भन्नुभयो–‘ तोकिएको ब्याजदर शतप्रतिशत कार्यान्वयन हुन्छ।’ कतिपय सहकारीले बढी ब्याज लिएर सदस्यको शोषण गर्ने, सदस्यको धितो लिलाम गरी आफैं सकार्ने गलत प्रवृति छ,’ उहाँले भन्नुभयो।

सरकारले साउन १९ गतेदेखि लागू हुने गरी सहकारीको १६ प्रतिशतभन्दा बढीमा ऋण लगानी गर्न नपाइने प्रावधान ल्याएको छ। त्यस्तै बचत र ऋणको व्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी बनाउन नपाइने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्