सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु



नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ। यो एक्टिभेसन कार्यक्रम भाटभटेनी विभिन्न आउटलेटमा हुन गइरहेको छ।

यस एक्टिभेसनको उद्देश्य ग्राहकसंँग अन्तक्र्रिया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ।

एक्टिभेसनको समयमा सेलपेले प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात सय रुपियाँको फ्रि टपअप आफ्नो ग्राहकलाई प्रदान गर्नेछ।

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्