सन्राइज बैंकको ऋणपत्रको समयावधि थप



सन्राइज बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ। पूर्वनिर्धारित समयावधिमा ऋणपत्रमा पूर्ण आवेदन नपरेपछि सो समयावधि थप भएको हो।

कात्तिक २० गतेबाट बिक्रीमा आएको बैंकको ऋणपत्रमा आवेदन दिने छिटो अवधि कात्तिक २४ गतेसम्म तोकेकोमा त्यसलाई लम्ब्याएर मंसिर १९ गतेसम्म बनाइएको हो।

बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो।

जसमध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत व्यक्तिहरूलाई विक्री गर्ने भएको हो।

यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्ता र अधिकतम् ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। तर, व्यक्तिगत तबरबाट विक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्