जनता बैंकको नाफा ३६ करोड ६९ लाख



मर्जरमा जान लागेको जनता बैंकले चालू आवको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपियाँ नाफा गरेको छ। यो नाफा गत आवको तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो।

बैंकले गत आवको तीन महिनामा ३२ करोड १९ लाख रुपियाँ नाफा कमाएको थियो। तीन महिनाको अवधिमान बैंकको वितरणयोग्य नाफा १८ करोड ५३ लाख छ। हाल बैंकको चुक्तापुँजी ८ अर्ब छ।

रिजर्भ कोषमा १ अर्ब ८५ करोड रुपियाँ छुट्याएको छ। प्रतिशेयर आम्दानी १८ दशमलव ३४, मूल्य आम्दानी अनुपात ११ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १ सय ३७ दशमलव ५० छ।

बैंकले यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्